बलिउड नायक रणवीर यशराज ब्यानरले निर्माण गर्न लागेको एक नयाँ चलचित्रमा देखिने

    0
    6

    बलिउडमा केही समय ओझेलमा परेका नायक रणवीर कपुर फेरि चम्कने दाउमा लागेका छन् । उनले, अभिनय गरेको चलचित्र ‘सन्जु’ यो बर्ष रिलिज हुँदैछ । यस्तै, उनी अहिले सुपरहिरो चलचित्र ‘ब्रम्मास्त्र’मा पनि काम गरिरहेका छन् ।अब, उनै रणवीर यशराज ब्यानरले निर्माण गर्न लागेको एक नयाँ चलचित्रमा देखिने पक्का भएको छ । यशराज ब्यानरले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘शम्शेरा’मा रणवीरको निकै फरक अवतार देखिनेछ ।

    यो चलचित्रलाई करण मल्होत्राले निर्देशन गर्दैछन् ।

    चलचित्रको एउटा संवाद पनि सार्वजनिक गरिएको छ । जसमा भनिएको छ-‘करम शे डकैत, धर्म से आजाद’ । यो चलचित्रमा रणवीर योद्धाको भूमिकामा देखिन लागेको यसको फस्टलुकबाट वुझ्न सकिन्छ । चलचित्रको बारेमा अन्य केही पनि जानकारी यशराज ब्यानरले दिएको छैन ।

    LEAVE A REPLY