मार्क्सका ५ कुरा

0
8

यो बिदामा तपाईं के गर्न चाहनु हुन्छ ? के पुस्तकालय गएर किताब पढ्न चाहनु हुन्छ ? के तपाईं ती मानिहरुमध्ये एक हो, जसले अन्याय र शोषणको अन्त्य चाहन्छ ? यदि जबाफ सकारात्मक छ भने आजको दिन अर्थात ५ मे तपाईंका लागि निकै महत्वपूर्ण दिन हो । यसै दिन कार्ल माक्र्सको जन्म भएको थियो र आज उनको २०० औँ जन्मदिन हो ।

जसले २०औँ शताब्दीको इतिहास पढेको छ उनीहरुलाई थाहा छ, क्रान्तिकारी राजनीतिको विरासत निकै संघर्षशिल हुनेगर्छ । समाजको एउटा बलियो सामाजिक संरचना उनकै विचारबाट प्रेरित भएर गरिएको मानिन्छ । साम्राज्यवाद, स्वतन्त्रता र सामुहिक हत्याहरुसँग उनको सिद्धान्त जोडिएपछि उनलाई विभाजनकारीको रुपमा हेर्न थालियो ।

तर कार्ल माक्र्सको अर्को अनुहार पनि छ । भावनात्मक मान्छेको । संसारका मानिसहरुको समानतालाई लिएर उनको विचार निकै महत्वपूर्ण छ ।

बच्चालाई स्कूल पठाउन चाहन्थे
१. कयौँ मानिसहरुले यसलाई एउटा वक्तब्यको रुपमा लिन सक्छन् तर सन् १८४८ मा जब कार्ल माक्र्सले कम्युनिष्ट घोषणापत्र लेख्दै थिए, त्यति बेला उनले बालश्रमको कुरा गरेका थिए । अन्तर्राष्ट्रिय श्रम संघको सन् २०१६ मा जारी तथ्यांक अनुसार आज विश्वमा १० मध्ये एक जना बालश्रमीक छ ।

धेरै केटाकेटीहरु यदि कारखाना छोडेर आज विद्यालय गईरहेका छन् भने त्यसको श्रेय कार्ल माक्र्सलाई जान्छ । द ‘ग्रेट इकेनामिस्ट’की लेखिका लिन्डा युह भन्छिन्– ‘माक्र्सले जारी गरेको कम्युनिष्ट घोषणापत्रमा बालबालिकालाई निजी विद्यालयमा निशुल्क शिक्षा दिनुपर्ने कुरा उनको दश बुँदामध्ये एक थियो । कारखानाहरुमा बालश्रम रोक्ने बारेको उल्लेख उनको घोषणापत्रमा समावेश थियो ।’

आफ्नो जीवनको मालिक आफैं हुने

२. के तपाईं हिजोआज दिनको २४ घण्टा र हप्ताको सातै दिन काम गर्नु हुन्छ ? कामको बीचमा खाजाको समय लिने गर्नु हुन्छ कि हुँदैन ? एउटा चरणमा पुगेपछि तपाईं निवृत हुने र निवृतिभरणको लाभ लिन पाउनु भएको छ कि छैन ? यदि तपाईंको जबाफ सकारात्मक छ भने तपाईंले त्यसका लागि कार्ल माक्र्सलाई धन्यवाद दिनुपर्छ ।
लण्डन स्कुल अफ इकनोमिक्सका प्रोफेसर माईक सेवेजका अनुसार– ‘पहिले तपाईंलाई लामो समयसम्म काम गर्न भनिन्थ्यो, तपाईंको समय तपाईंको हुँदैन्थ्यो र तपाईं आफ्नो जीवनका लागि सोच्न सक्नु हुन्थेन ।’ कार्ल माक्र्सले के लेखे भने– कसरी एउटा पुँजीवादी समाजमा मानिसहरुलाई बाँच्नका लागि आफ्नो श्रम बेच्नु पर्ने बाध्यता बनाईएको छ ।
माक्र्सका अनुसार अधिकांश समय तपाईंलाई आफ्नो श्रमको ज्याला दिने गरिदैन्थ्यो र कसरी श्रमजिवी वर्गको शोषण गरिन्थ्यो । माक्र्स के चाहन्थे भने हाम्रो जीवनमा हाम्रो आफ्नै अधिकार होस र हाम्रो जीवन सबै भन्दा माथि होस । उनले के चाहन्थे भने हामी स्वतन्त्र होऔँ र हाम्रो भित्रको सृजनात्मक क्षमताको विकास होस् ।
सेवेज भन्छन्– ‘वास्तवमा माक्र्स के भन्छन भने हामीलाई त्यस्तो जीवन चाहिएको छ जसको मुल्यांकन कामको स्तरको आधारमा नहोस । एउटा त्यस्तो जीवन जसको मालिक हामी आफै हुन सकौँ । जहाँ हामीले के तय गर्न सकौँ भने हामीले कस्तो खाले जीवन जिउने हो । आज यसै सोचका साथ मानिसहरु जीवन व्यतित गर्न चाहन्छन् ।’

मन पर्ने काम गर
३. तपाईंको कामले तपाईंलाई त्यति बेला आनन्द दिन्छ जतिबेला तपाईंले आफ्नो मनको काम गर्नु हुन्छ । हामीले जीवनमा जे कुरा चाहन्छौँ अथवा गर्छौँ त्यसमा रचनात्मक अवसरहरु होउन् र त्यसको प्रदर्शन गर्न सक्ने हो भने हाम्रा लागि राम्रो हुन्छ । तर जब तपाईंले आफै दुःखी हुने काम गर्नु हुन्छ, त्यहाँ तपाईंको मन प्रशन्न हुँदैन भने तपाईं निराश हुनुहुन्छ ।
यो शब्द कुनै योग गुरुको नभई १९ शताब्दीका दार्शनिक कार्ल माक्र्सको हो । सन् १८४४ मा लेखिएको उनको पुस्तकमा उनले मान्छेको कामलाई उसको जिवनको सन्तुष्टीसँग जोडेर हेर्ने प्रयास गरेका छन् । त्यति बेलासम्म उनी त्यस्ता पहिला व्यक्ति थिए जसले यस्तो कुरा गरेको थियो ।

भेदभाव र असमानताको विरोध
४. यदि समाजमा कुनै व्यक्ति गलत छ भने यदि तपाईंले कसैसँग अन्याय, भेदभाव अथवा गलत भैरहेको महशुस गर्दै हुनुहुन्छ भने, तपाईंले त्यसको विरुद्ध आवाज उठाउनुस् । तपाईं संगठित हुनुस, प्रदर्शन गर्नुस र त्यसलाई रोक्नका लागि संघर्ष गर्नुस् ।

संगठित विरोधका कारण कयौँ मुलुकहरुको सामाजिक अवस्था फेरियो । रंगभेद, समलैङ्गिकता र जाति आधारित भेदभावका खिलाफ कानून बने । लण्डनमा हुने माक्र्स जयन्तीका आयोजक मध्येका एक लुईस निलसनका अनुसार– ‘समाजलाई बदल्नका लागि क्रान्तिको आवश्यकता हुन्छ, यसैगरि मानिसहरुले आठ घण्टा काम गर्ने अधिकार पाएका हुन् ।’
कार्ल माक्र्सको व्याख्या एउटा दार्शनिकको रुपमा गरिन्छ । उनी एउटा दार्शनिक जस्तो लाग्छन् तर जब तपाईंले उनको जीवन र कामलाई विस्तारले नियाल्नु हुन्छ तपाईं उनमा एउटा ‘एक्टिभिस्ट’को छवि भेट्नु हुन्छ ।जसले अन्तर्राष्ट्रिय मजदुर संघको स्थापना गरे । उनी गरिब मानिसहरुका साथ हडतालमा सहभागी भए ।
निलसन भन्छन्– ‘महिलाहरुले भोट हाल्ने अधिकार कसरी प्राप्त गरे ? यो अधिकार संसदले दिएको अधिकार होइन, बरु यसका लागि महिलाहरु संगठित भए, प्रदर्शन गरे । हामीहरुलाई शनिवार र आईतबार बिदा दिने चलन कहाँबाट बस्यो ?किनभने यसका लागि मजदुरहरुले संगठित संघर्ष गरेका छन् ।’

सरकार, मिडिया र पुँजीपति घरानाहरुको निगरानी आवश्यक
५. तपाईंलाई कस्तो लाग्नेछ यदि सरकार र ठुला उद्योगपति घरानाहरुले साँठगाँठ गरे भने ? के तपाईंले आफूलाई सुरक्षित महसुस गर्नु होला ? यदि गुगलले सबै जानकारी कसैलाई दियो भने ? कार्ल माक्र्सले यस्तै केही महशुस गरेका थिए । १९ औँ शताब्दीमा जबकी त्यति बेला सामाजिक सञ्जाल समेत थिएन । तर पनि उनी पहिलो व्यक्ति थिए जसले यस प्रकारको साँठगाँठको बारे कुरा गरेका थिए ।
ब्युनस आर्यस विश्वविद्यालयका प्रोफेसर बैलेरिया वेघ वाइस भन्छन्– ‘उनले त्यति बेला सरकार, बैंक, व्यापार र उपनिवेशीकरणका प्रमुख एजेण्टहरु बीचको साँठगाँठको अध्ययन गरेका थिए । उनले त्यस भन्दा पहिले १५ औँ शताब्दीसम्म पुगे ।’

वेघ वाईसका मुताविक उनको के निष्कर्ष थियो भने– यदि कुनै प्रथा व्यापारका लागि मुनाफा जनित थियो, जस्तै दासप्रथा उपनिवेशीकरणका लागि राम्रो थियो भने त्यसैले त सरकारले त्यसको समर्थन गर्ने गर्दथ्यो ।

उनी अगाडि थप्छन– ‘कार्ल माक्र्सले सञ्चार माध्यमको शक्ति बुझेका थिए । मानिसहरुको सोच प्रभावित गर्नका लागि यो एउटा निकै शसक्त माध्यम थियो । आजको दिनमा हामीले ‘फेक न्युज’का बारेमा कुरा गर्छौँ तर माक्र्सले त्यति नै बेला यो कुरा भनिसकेका थिए ।

उनले मिडियालाई जनताको निगरानी भई रहनु पर्ने विचार राखेका थिए । आज श्रमजीवीहरुका तिनै महान दार्शनिक कार्ल माक्र्सको जन्दमदिन हो ।

LEAVE A REPLY