Sunday, May 27, 2018

दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतले विवादित भाषण

काठमाडौं– २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा गरेको सम्बोधन भाषण आफैले तयार पारेको दाबी गरेका छन् । आफू उक्त प्रदेशको मुख्यमन्त्री भएको हैसियतले आफ्नो प्रदेशमा भएको कार्यक्रममा आफूले गर्ने सम्बोधनबारे अरूसँग सल्लाह गर्नुपर्ने आवाश्यक्ता नदेखेकाले सो सम्बोधन...

समाचार

नेपाली बजारमा किङ्गफिसर बियर

एशियाकै ठूलो बियर कम्पनी मध्येको युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर बियर बजारमा ल्याएको छ । बिहीबार देखि प्रिमियम र स्ट्रङ्ग गरी दुई स्वादमा नेपाली...

खेलखुद

चम्किए सन्दीप लामिछाने

मान्छेको जीवनमा बारम्बार मौका आउँदैन। जसले पाएको मौकालाई सदुपयोग गर्छ, त्यसको जीवनमा सफल हुन्छ। सन्दीप लामिछानेको तिनै व्यक्ति हुन्, जसले पाएका अवसरलाई खेर जान दिएनन्।...

मनोरञ्जन

साप्ताहिक राशिफल

गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझतिर केही काम बन्नेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।

आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनुका साथै काम बिग्रने डरले सताउन सक्छ।

प्रारम्भमा अवसरका लागि केही दौडधुप गर्नु परे पनि चाँडै लाभ उठाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनाले हर्ष बढ्नेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। तर वादविवादको समेत योग रहेकाले व्यवहारमा सजग रहनुहोला। सप्ताहान्तमा व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। यात्रा गर्ने अवसर जुर्न सक्छ।

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। शत्रुहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। टाढिएका आफन्त नजिकिनेछन्। चिताएका घरेलु काम सम्पादन हुनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लगनशीलताले सफलता दिलाउनेछ। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। विभिन्न भौतिक साधन जुटाउन पनि सफल भइनेछ।

आँट गर्न नसक्दा अरूले फाइदा उठाउन सक्छन्। तापनि व्यवसायमा मनग्गे धनलाभ हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पहिलेका प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। साँझतिर आफन्तमा वैरभाव बढ्न सक्छ। चिताएका काम समयमा गर्न नसकिएला। आफन्तजनको विश्वास गुम्न सक्छ।

विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। पहिले गुमेको स्थान प्राप्त हुन सक्छ। शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा धेरै सहयोगीहरू जुट्नेछन्। आम्दानी बढ्नुका साथै बहुमूल्य वस्तुहरू संकलन गर्न सकिनेछ।

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। तापनि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ। चिताएका काम सम्पादन हुनेछन्। नाम र दाम प्राप्त हुनेछ। सप्ताहान्तमा भने केही समस्या आउन सक्छन्। हिसाबकिताबमा सावधान नहुँदा वादविवादमा परिने सम्भावना देखिन्छ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ।

प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि आजको लगानी पछिका लागि फाइदाजनक हुनेछ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। सप्ताहान्तमा पहिले दिएको वचन पूरा गर्न नसक्दा समस्या देखापर्नेछ। स्वास्थ्यमा मौसमी गडबडीले सताउने हुँदा खानपानमा सजग रहनुहोला।

अवसर प्राप्त भए पनि अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। तापनि मिहिनेत गर्दा प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले काममा सफलता दिलाउनेछ। मंगल, बुध र बिहीवार आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ। सप्ताहान्तमा भने अनियन्त्रित खर्च हुनेछ। परिस्थितिवश अर्थ अभाव देखा पर्न सक्छ। रकम जुटाउन दौडधुप गर्नुपर्ला। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ।

प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बीचमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। मिहिनेतले दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ। मिहिनेत गर्दा ठूलो परिमाणमा धन आर्जन हुनेछ।

प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। मंगलवारदेखि नाम, दाम र इनाम हात पार्ने समय छ। धार्मिक मनोवृत्ति बढ्नेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो फाइदा हुने काम सुरुआत होला। सप्ताहान्तमा नाम, दाम र इनाम प्राप्त हुनाले जीवनशैलीमा पनि सुधार आउनेछ।

मार्क्सका ५ कुरा

यो बिदामा तपाईं के गर्न चाहनु हुन्छ ? के पुस्तकालय गएर किताब पढ्न चाहनु हुन्छ ? के तपाईं ती मानिहरुमध्ये एक हो, जसले अन्याय...

ट्विटरले गरे येस्तो आग्रह

तपाईंले ट्विटर प्रयोग गर्नु हुन्छ भने पासवर्ड परिवर्तन गरिहाल्नुस् । ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या...